राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान
पाेखरा | माघ ४, २०७९
पोखराः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को ५८औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरिलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । आउँदो १० गते वार्षिकोत्सवको मूल समारोह आयोजना हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको पुरानो र ठूलो वाणिज्य बैंक हो । यसले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । विसं २०२२ माघ १० गते बैंक स्थापना भएको थियो ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

